सहिद स्मृति आवासीय विद्यालय प्रदेशकै नमुना विधालय ः मन्त्री चुमान

पोखरा , १६ बैशाख । सहिद स्मृति आवासीय माध्यामिक विद्यालयको आठौ बार्षिक उत्सव सम्पन्न भएको छ । पोखरा १४ मझेरी पाटनमा रहेको विद्यायको आज एक कार्यक्रका विच आठौ बार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । प्रदेशनं ४का आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा प्रदेश ४का माओबादी अधिकाशं सांसदहरुको सहभागीता रहेको थियो ।

मन्त्री चुमानले प्रदेशनं४ कै नमुना विद्याय सहिद स्मृति आवासीय विद्यालय भएको बताउनु भयो । उहाँले रिजल्ट सत प्रतिसत निकाल्नु र विद्यालयमै गाई,बंगुर , तरकारी खेती गर्नु एक नमुना भएको बताउनु भयो । सहिदका परिवार राम्रो शिक्षा आर्जन गर्न बाट बच्चीत हुन नपरोस भनेर २०६६ सालमा स्थापना भएको विद्यालयले सहिद परिवार लाई ठुलो राहत मिलेको बताउनु भयो ।

विधालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रतिनिसभाका सदस्य हरि अधिकारी कुमारले विद्यार्थीले गरेको प्रगति बाट आफुहरु खुशी भएको बताउनु भयो । पढाई संगै खेलकुदको क्षेत्रमा पनि यस विद्यालयका विद्यार्थी अब्बल भएको अधिकारीको भनाई थियो ।विद्यायका प्रधानध्यापक मोना गीरीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत शिक्षक गीता घिमिरेले राख्नुभएको थियो । विद्यार्थीहरुले नृत्यसंगै विभिन्न खेलकुदकला पनि प्रस्तुत गरेका थिए ।

Advertisment