सहिद कमल भुजेलको १६ औं स्मृति दिवस मनाइयो

पोखरा, १६ बैशाख  । जनयुद्धकालिन सहिद कमल भुजेलको १६ औं स्मृति दिवस नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त आयोजनामा मनाइएको छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ३ भुजेल निवासमा आईतबार एक कार्यक्रम गरी मनाइएको हो । स्वर्गिय भुजेलको २०५९ साल बैशाख १६ गते नेपाली सेनाले हत्या गरेको थियो । कास्कीबाट गिरफ्तार गरिएको भुजेललाई स्याङ्जामा लगेर दोहोरो भिडन्तको नाममा हत्या गरिएको थियो ।

स्मृति दिवस कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले सहिदको सपना पूरा गर्नका लागि छिट्टै माओवादी केन्द्र र एमालेबीच एकता हुन लागेको बताए । उनले अहिले अविश्वास जस्तो देखिएपनि अन्ततः पार्टी एकता हुने दाबी गरे । जिल्ला समन्वय समिति कास्कीका सदस्य तथा स्थानिय एमाले नेता रुपबहादुर कुमालले गणतन्त्र, संघीयतालगायतका उपलब्धी प्राप्तीमा जनयुद्धको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

नेकपा एमाले रुपा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बलभद्र कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका वडा सचिव दीपेन्द्र गौतमले सञ्चालन गरेका थिए ।

Advertisment