साँस्कृतिक समितिको ताय मचाः वाद्यवादन प्रशिक्षण सकियो

पोखरा । पोखरालेखनाथ महानगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा नयाँ बजार सांस्कृतिक समितिको आयोजनामा सञ्चालित १५ दिने ताय मचाः वाद्यवादन प्रशिक्षण शुक्रबार समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रामराज लामिछानेले वडा भित्र हुने कुनै पनि साँस्कृति संरक्षणका कार्यक्रमलाई समान रुपले सहयोग गर्ने वताए । उनले कुनै पनि संस्कृति कुनै जात विषेशको मात्रै नभई सम्पुर्ण राष्ट्रको सम्पत्ति भएकोले संरक्षणको आवश्यकता रहेको वताए ।

वडा सचिव लोकदर्शन कोइरालाले बालबालिकालाई संस्कार, संस्कृति वर्षैसम्म जिवित राख्नको लागि आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने वताउँदै कुनै पनि सिप वाल्यकालमै सिकाउनु पर्ने वताएका थिए । सल्लाहकार संरक्षक जगतकृष्ण कर्माचार्य, उत्तम जोशी, बेदकुमार श्रेष्ठ, वडा सदस्यहरु गीता चम्राकार, सुरेश खवास, राममाया मानन्धर, सौभाग्य महिला समुहका अध्यक्ष शान्ता जलारीलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

‘आफ्नो संस्कृतिको संरक्षण गरौं’ भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालिममा १० बर्ष उमेरदेखि २५ सम्मका १० जना सहभागी भएका थिए । उनिहरुले खिन, झ्याली, ढल्की बाजा वजाउन सिकेका थिए । उनिहरुलाई प्रशिक्षक द्धय अनु ताम्राकार र निशान्त ताम्राकारले प्रशिक्षण दिएका थिए ।

तालीममा सहभागीलाइ अतिथिहरुले सहभागिताको प्रमाण पत्र बितरण गरेका थिए भने प्रशिक्षार्थीहरुले आफुले सिकेका बाजाका विभिन्न तालहरु प्रस्तुत गरेका थिए, नयाँवजार साँस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रशिक्षार्थी रोशन मानन्धरले र सचीव भावना श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

Advertisment