कास्की मोर्डनाईज्ड मा लागु औषध बारे प्रशिक्षण

पोखरा १४ स्थित कास्की मोडनाईज्ड एकेडेमी मा लागु औषध नियन्त्रण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विकृति र विसंगति रहित समाज को निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा माटेपानी को आयोजनामा कास्की मोडनाईज्ड एकेडेमी को सभाहल मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

भविष्य का कर्णधार कलिला विद्यार्थी भाई बहिनीहरुलाई सकारात्मक सोचका साथ विकृति विसंगती रहित समाजको निर्माणमा सँगै हातेमालो गरेर समुन्नत समाज राष्ट्र निर्माणको अभियान मा सरीक गराई विद्यार्थी विद्यालय, टोल र समाजलाई लागू औषधी रहित शान्ति क्षेत्र निर्माणका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै वडा नं. १४ का अध्यक्ष प्रेम ब. कार्की ले लागु औषध ले टोल, घर, छर–छिमेक विग्रनुका साथै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा जनचेतना फैलाउनमा मद्दत पुग्ने बताए ।

त्यस्तै विशेष अतिथि वडा प्रहरी कार्यलय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर के.सी. लागू औषध एक प्रकारको दलदल हो यसको प्रयोग गरेपछि पूनः साधारण जिवनमा फर्कन अत्यन्तै गाह्रो हुने कुरा औल्याउनु भयो । त्यसै गरी विशेष अतिथिकै मन्तव्य राख्दै एन प्याब्सन कास्की का अध्यक्ष एवं कास्की मोर्डनाईज्ड एकेडेमीका संस्थापक प्राचार्य राम ब. मोचीले लागु औषधीले अहिले समाज र टोलमा मात्र होइन घरमा समेत अशान्ति रहेको र जति पनि आज घर कलह झगडा वा सम्बन्ध विच्छेदका घटना भएका छन् त्यसको प्रमुख कारकको रुपमा लागु औषध सेवन नै रहेको बताए ।

सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम को सहजीकरण माटेपानी १२ का प्रहरी ईन्चार्ज टक प्रसाद ढकाल गरेका थिए । भने सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका उपाध्यक्ष बल बहादुर कार्की स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमको संचालन केन्द्र की सचिव मिरा देवि आचार्यले गरेकी थिईन ।

Advertisment