मादी गाउँपालिकाले ग¥यो क्होला सोंथरको अध्ययन भ्रमण

पोखरा १३ वैशाख । कास्कीको मादी गाउँपालिकाले तमु जातिको ऐतिहासिक स्थल क्होला सोंथरको अध्ययन अवलोकन भ्रमण गरी विभिन्न निर्णयहरु गरेको छ । गत वैशाख १ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको भ्रमणले क्होला सोंथरमै बैठक बसी मादी गाउँपालिकाको वडा नं. २ मा रहेको क्होला सोंथारलाई विश्वसम्पदा सुचिमा सुचिकृत गर्न प्रदेश सरकार र संघिय सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ । साथै क्होला सोंथरको संरक्षण र प्रचार प्रसारमा गाउँपालिकाको तर्फबाट पहल गरिने भएको छ ।

यस्तै बैठकले मादी गाउँपालिका भित्रका दुबै खुट्टा अपाङ्ग भएका सवै स्थानिय व्यक्तिलाई निःशुल्क हुविलचियर उपलव्ध गर्ने, गाउँपालिका अन्र्तगत सामुदायिक विद्यालयमा नियमित रुपमा १ देखि १० कक्षासम्म अध्ययन गरी एमबिबिएस पढ्ने स्थानिय विद्यार्थीलाई जनही रु २ लाखका दरले छात्रावृत्ति उपलब्ध गराउने, रोपनी भन्दा वढी जग्गामा खेती गरी वार्षिक १०० क्विन्टल भन्दा वढी खाद्यान्न र तरकारी उत्पादन गर्ने स्थानिय व्यवासयिक कृषकलाई १÷१ वटा हाते ट्याक्टर सहित रु २ लाख वरावरको कृषि सामग्री निःशुल्क उपलब्ध गराउने लगायतको निर्णय गरेको छ ।

साथै बैठकले ३ सय वटा भन्दा बढी भेडा बाख्रा र ५० वटाभन्दा बढी उन्नत जातको गाई भैसीं, ५ हजार भन्दा बढी कुखुरा र एकसय भन्दा बढी बंगुर पालन गर्ने व्यवसायिक फर्म तथा कृर्षकलाई वार्षिक २ लाख अनुदान दिने मादी गाउँपालिकालाई जलस्रोत र हाईड्रोको भण्डार को रुपमा घोषणा गर्ने लगायतको निर्णय गरेको छ । बैठकले पोखरादेखि याङजाकोट जोडने सडक कालोपत्रे गर्ने, पोखरादेखि सिक्लेस जोडनसडक कालोपत्रे गर्ने र पोखरादेखि राखी, मिजुरे जोडने सडकलाई कालो कालोपत्रे गर्ने काम यसै आर्थिक वर्षबाट शुरु गर्ने निर्णय गरेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभएको छ ।

Advertisment