नगर महिला समन्वय समिति पोखराको अन्र्तक्रिया तथा प्रशिक्षण सम्पन्न

पोखरा, १३ बैशाख । नगर महिला समन्वय समिति पोखराद्धारा आयोजित दुइदिने स्थानिय तहमा निर्वाचित महिला तथा नेतृत्व तहरुमा पुगेका महिलाहरुसँग अन्तरक्रिया तथा विविध विषयमा प्रशिक्षण कार्यक्रम विहीवार सम्पन्न भएको छ ।दुइदिने कार्यक्रममा महिला नेतृहरुसँग अन्तरक्रियाका साथै कानुनी परामर्श, अख्यितार सम्बन्धी, मानव सडकमुक्त क्षेत्र, महिला तथा बालबालिकाको शान्ति सुरक्षा लगायतका विषयहरु समावेश गरिएको थियो ।

पोखरा १० रामबजारस्थित भमरकोट पार्टी प्यालेसमा आयोजित कार्यक्रमको दोश्रोदिन प्रदेशसभाका सांसद मीना गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै महिला सशक्तिकरण भए मात्र समाज समृद्ध हुने बताउनुभयो । उहाँले महिला सशक्तिकरणका लागि सचेतना, क्रियाशीलता, उद्यमशीलता, स्वावलम्वी र समान अधिकारको प्रत्याभूत हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले महिला तथा बालबालिका शान्ति सुरक्षा, अधिवक्ता गीता आचार्यले महिला अधिकार र लागु औषध सम्बन्धि प्रहरी कार्यालयका चक्र मल्लले प्रशिक्षण दिनुभएको थियो । यसरी नै सहभागीहरुको तर्फबाट महिला समन्वय समिति वडा नं. २८ की राधिका पौडेलले दुईदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रा अत्यन्तै उपयोगी भएको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो।

पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभएको उक्त अन्तरक्रिया तथा प्रशिक्षण कायृक्रममा टोलविकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष उत्तम जोशी, वडा नं. १० की कार्यवाहक अध्यक्ष निशा मल्ल ठकुरी, सहभागीहरुको तर्फबाट गंगा पराजुली पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने अख्तियार दुरुपयोग आयोग क्षेत्रीय कार्यलय पोखराका प्रमुख काशिराज दाहाल, अधिवक्ता जुनाकुमारी गुरुङ, मानव सडकमुक्त क्षेत्र बारेमा अभियानका होमनाथ तिमिल्सिनाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाकाका ३३ वटै वडाका महिला समन्वय समिति र जननिर्वाचित प्रतिनीधिहरु गरी ४ सय भन्दा बढीको सहभागीता रहेको नगर महिला समन्वय समिति पोखराकी अध्यक्ष पवित्रादेवी गुरुङले जानकारी दिनुभयो ।

Advertisment