भाटखोलामा सहेला झोलुङ्गे पुलको सिलन्यास

पोखरा । फेदीखोला गाउँपालिका वडा नं. ३, भाटखोला खोलाखेत र पदाँले करबाङ जोड्ने जिर्णअवस्थाको पुललाई विस्तापित गरि बन्न लागेको सहेला झोलुङ्गे पुलको सिलन्यास गरिएको छ ।करिब २३ लाख ४५ मिटर लामो पुल निर्माणले फेदीखोला गाउँपालिकाका वडा नं. ३, ४ र ५ का २२५ घरधुरी का ११ सय ७७ जनता लाभान्वित हुने छन् भने सामाजिक तथा प्राविधिक सहयोग अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाले गर्ने उपभोक्ता समितिले वताएको छ ।
प्रदेश नं. ४ का सांसद मिनप्रसाद गुरुङले पुलको सिलन्यास गर्दै जोखिम मोलेर जिर्ण पुलको प्रयोग गरिरहेका जनताले अब ढुक्कसंग आवतजावत गर्न सक्ने वताए । साथै उनले उपभोक्ता समिति र अनुगमन समितिको क्रियासिलताले पुलको निर्माण कार्य निर्भर रहने वताउँदै अव देशमा राजनिति संक्रमणको अन्त्य भएको र संम्वृधि तर्फ देश अगाडि बढेको वताए।सो अवसरमा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा, टिविएसयुका दिनेश पान्डे, आरटिएपीका नारायण पौडेललगाएतले साना साना विकासका कामले नै देशलाई सम्वृद्धितर्फ लैजाने वताएका थिए ।
समितिका सल्लाहकार खड्गबहादुर रानाभाटले समाजसेवी होमबहादुर रानाभाटले करिब तिस वर्ष अगाडि निमार्ण गरेको पुल जिर्ण अवस्थामा पुगेको थियो । पुलको पुनःनिमार्ण हुने भएपछि जनताको लामो समयदेखिको सपना साकार हुने भएपछि स्थानिय जनतामा खुशी छाएको वताए ।उपभोक्ता समितिका अध्यक्ष नरबहादुर रानाभाटले झोलुङ्गे पुललाई आफुले ठुलो विकासको रुपमा लिएको वताउँदै आफ्नो वाल्यकालमा पुल नहुँदा एक हप्तासम्म घर आउन नसकेको वताए ।
समितिका अध्यक्ष नरबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फेदीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाटले र कार्यक्रमको संचालन वडा सदस्य परशुराम रानाभाटले गरेका थिए ।

Advertisment